अमेरिका । चीनमा भएको कोभिड लकडाउनका कारण अमेरिकी विद्युतीय कार निर्माता टेस्लाललाई उत्पादन र बिक्रीमा नोक्सानी पुगेको छ ।
सीएनएनका अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा टेस्लाको विरलै रुपमा हुने बिक्री र उत्पादनमा कमी आएको देखिएको हो । बिक्रीमा यो अवधिमा १८ प्रतिशतले अर्थात् दुई लाख ५५ हजार साधनले कमी आएको छ । तुलनात्मक रुपमा यो वर्षको पहिलो तीन महिनाको हिसाबकिताबमा यो कमी आएको बताइएको छ ।
त्यस्तै उत्पादनमा भने १५ प्रतिशतले कमी आउँदा दुई लाख ५९ हजार रहेको छ । चीनको सांघाईमा रहेको टेस्लाको कारखाना अप्रिलका धेरै साता बन्द गर्नुपरेको थियो । चीनले धेरै कोरोना संक्रमित भेटिएपछि लकडाउन गरेका कारण यसो भएको थियो । यसले टेस्लाको उत्पादन आपूर्तिकर्तालाई अप्ठ्यारो पारेको छ । जब कि टेस्लाको लागि चीन नै महत्वपूर्ण बजार हो । चीनको लकडाउनले टेस्लालाई ७० हजार उत्पादनको लागतमा घाटा पु-याइदिएको छ ।
टेस्लाकै पछिल्लो वक्तव्यका अनुसार पनि यो त्रैमासिकको सुरुवाती महिनामा मागअनुसारको आपूर्ति गर्न सकेको छैन । यद्यपि कम्पनीले भौगोलिक कमीबारेको प्रतिवेदन सार्वजनिक गर्न चाहेको छैन ।