काठमाडौं । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिका तर्फबाट वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गरेकी हुन् ।
प्रभु बैंक र उक्त डाइग्नोस्टिक सेन्टर प्रालिबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिद्वारा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट गरिएको छ, साथै थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझावअनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहक महानुभावहरूले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनेछन् । यसका साथै दुई हजारभन्दा बढीको औषधि खरिद गरेबापत ९५ किमिको दूरीसम्म निःशुल्क डेलिभरीको व्यवस्था गरिएको छ ।
उक्त सम्झौताअन्तर्गत अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर पीओएस मेसिन च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिका सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।