काठमाडौं । पर्यटकीय नगरी पोखरा लेकसाइड, सेदीबगरदेखि सराङकोटसम्म जाने केबलकार नियमित मर्मतसम्भारको लागि एक हप्ता बन्द हुने भएको छ । केबलकार शुक्रबारदेखि साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ । साथै केबलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म यथावत् सञ्चालन हुने कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।