काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा. भुषण गुरागाईले हस्ताक्षर गरेका हुन् ।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा एक सय रुपैयाँ अंकित दरले हुनआउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्नेछ ।