काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दुई दिन लगातार उच्च अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ४४ दशमलव आठ अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव १६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९९ अंकले ओरालो लागेर तीन सय ९८ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको ६० हजार पाँच सय १७ पटकको कारोबारमा ८७ लाख ४० हजार पाँच सय ५१ कित्ता सेयर खरिद भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार तीन सय ९८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।