काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पेले गएको असारमा सञ्चालनमा ल्याएको क्युआर डे विथ आईएमई पे अफर फेरि सार्वजनिक गरेको छ ।
सो अफर शुक्रबार लागू हुने कम्पनीले जनाएको छ । पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । एक दिनको लागि मात्र लागू हुने यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरुलाई आईएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाई विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।
अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासब्याक पाउनेछन् भने पियर्स–टु–पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासब्याक नपाउने आईएमई पेले जनाएको छ ।