काठमाडौं । गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२)ले सारङ्गकोट, पोखरामा प्याराग्लाइडिङ्ग गरी आफ्नो सांगीतिक एल्बम ‘सरर बग्यो हावा सरर’ विमोचन गरी विश्व कीर्तिमान राखेका छन् ।
आकाशमाथि एक हजार नौ सय मिटरको उचाइमा पोष्टर तथा म्युजिक भिडियो गीतका रचनाकार प्रधान, नायिका डा. श्रेष्ठलगायत गायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरति पौडेलले एकैसाथ गत वैशाख २८ गते उक्त एल्बमको विमोचन गरी विश्व कीर्तिमान राख्न सफल भएका थिए ।
वर्ल्ड बुक अफ रेकर्ड्सको तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कटवालको उपस्थितिमा उक्त कीर्तिमानको विधिवत् प्रयास सम्पन्न भएको थियो । महाराज कुमार साहिव लक्ष्यराजजी सिंह मेवार, उदयपुर, डा. किरण वेदी (भारतको प्रथम महिला आईपीएस), विलहेम जेज्लर (प्रमुख, वर्ल्ड बुक अफ रेकर्डस्, युरोप), सन्तोष शुक्ला, प्रमुख कार्यकारी अधिकृत, वर्ल्ड बुक अफ रेकर्ड्स, सागर कटवाल, अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल च्याप्टरको संयुक्त बाहुलीबाट विश्व कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान र नायिका डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) लाई भारतको इन्दौरस्थित जे डब्लू मेरिएट होटलमा आयोजित समारोहबीच वर्ल्ड बुक अफ रेकर्ड्स, विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण भएको थियो ।