काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई आठ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात् ग्राहकहरूले किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपलब्ध हुने सेवाहरूमा एकमुस्ट आठ प्रतिशत छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडौंबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।