काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरूको विशेष चाड हरितालिका तीजको पावन अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएकोे छ । यो योजनाअन्तर्गत भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरूले एक लाख रुपैयाँसम्मको चिकित्सासम्बन्धी बीमा, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्रयाङकुलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ २०७९ महिनाका लागि) पाउन सक्नेछन् ।
बैंकका अनुसार यो योजनामा सर्तहरू लागू हुने भएकाले यस योजनाबारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिनेछ । यो योजनोले नारीहरूको सम्मान गर्दै नारीहरूलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी पनि बैंकले दिएको छ ।