काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो ।
यस अफरअन्तर्गत सेवाग्राहीले भारी छुटमा तीन खालका हेल्थ प्याकेज खरिद गर्न सक्नेछन् । आधारभूत तीज प्याकेज छ हजार छ सय ६६ रुपैयाँमा उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, ईसीजी, अल्टासाउण्ड, यूरिन रुटिनलगायतको जाँच हुनेछ ।
यस्तै, नर्भिकले मेमोग्रामसहितको तीज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज नौ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज सात हजार सात सय ७७ रुपैयाँमा खरिद गर्न सकिनेछ ।