काठमाडौं । युनिभर्सल थर्ट कन्सल्ट (यूटीसी)ले ‘अर्किड इन्टरनेशनल कलेज सेभेन म्यानेजमेन्ट एण्ड आईटी एजुकेसन फेयर २०२२’को तयारी पूरा गरेको छ । उक्त शैक्षिक मेला शुक्रबारदेखि बानेश्वरको एभरेष्ट होटलमा आयोजना हुँदै छ ।
यूटीसीका प्रबन्धनिर्देशक राजेश पुडासैनीले शैक्षिक मेला उच्च शिक्षा हासिल गर्न चाहने र छात्रवृत्तिसँगै राम्रो कलेजको खोजीमा बसेका विद्यार्थीहरूलाई लाभदायी हुने बताए । उनले उच्च शिक्षा दिने विश्वविद्यालयका बारेमा जान्न, बुझ्न र परामर्श लिन विद्यार्थी वर्गलाई कार्यक्रमले सहयोग गर्ने बताए । कार्यक्रममा दर्जन बढी कलेजहरुको सहभागी हुनेछन् भने उनीहरुका प्रतिनिधिहरुले उच्च शिक्षाको बारेमा जानकारी गराउनेछन् ।
कार्यक्रमको राजधानीमा रहेका विभिन्न कलेजहरुले मिलेर आयोजना गरेका हुन् । शैक्षिक मेला बीबीए, बीबीएस, बीआईएम, बीएचएम, बीबीएम, बीएससी, सीएसआईटी/बीआईटी, बीटीटीएम र बीसीएलगायतका कोर्सहरू नेपालमै बसी राम्रो युनिभर्सिटी र कलेजमा पढ्न चाहने विद्यार्थीहरुलाई सुवर्ण अवसर हुने आयोजकको भनाइ छ ।