काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औँ कृति अवार्ड्स २०७९ को विभिन्न ३१ वटा विधामा परेको आवेदनमध्ये उत्कृष्ट पाँच वटा मनोनयन घोषणा गरिएको छ ।
मनोनयनमा परेका चार सय २५ मध्ये हरेक विधामा उत्कृष्ट पाँचवटासम्मका मनोनयनहरु प्रतिस्पर्धाका लागि सार्वजनिक गरिएको हो । विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डन ओक १२औँ कृति अवार्ड्स २०७९को तीन शीर्षकमध्ये मेनस्ट्रिमअन्तर्गतका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तर्गतका विधाहरुमा उत्कृष्ट–३/३ छनौटहरुको घोषणा गरिएको आयोजकले जनाएको छ । यस अवार्ड्समा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले चार सय २५ वटा नोमिनेसन दर्ता गराएका थिए । गोल्डन ओक १२औँ कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम छ ।