काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गदै आएको जम्बो इको भेहिकलले तिहार अफर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चाड–पर्वलाई लक्षित जम्बो अफर अफरअन्तर्गत कम्पनीले बिक्रीवितरण गर्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद सात हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट पाउनुका साथै १० लाखबराबरको दुर्घटना बीमा पाउनेछन् । इलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलो पटक यति ठूलो सुविधा दिएको कम्पनीका दाबी छ । लोकन्थली (जडिबुटी) भक्तपुर मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल सस्तोमा ७५ हजारदेखि तीन लाख २० हजारसम्म पर्ने इलेक्ट्रिकल स्कुटर तथा सवारीसाधन बिक्रीवितरण गर्दै आएको छ ।
फरक–फरक मोडेलमा फरक–फरक छुट भए पनि प्रत्येक साधनको खरिदमा १० लाखबराबरको दुर्घटना बीमा गरिएको कम्पनीले जनाएको छ । जम्बो इकोले लिथियम आयनयुक्त उत्कृष्ट प्रविधिका इलेक्ट्रिकल स्कुटर, इलेक्ट्रिकल साइकलका साथै शारीरिक रुपले विकलांग भएका व्यक्तिका लागि इलेक्ट्रिकल ह्विल चियर उपलब्ध गराउँदै आएको छ ।