काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले दुई करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको जैमनी नगरपालिका वडा नं १, ४, ५, साबिक कुस्मीसेरा, बिनामार तथा जैमनी नगरपालिका तथा अन्य स्थानीयवासीहरूको लागि सेयर जारी गर्न लागेको हो ।
कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी दुई लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत यही कात्तिक चार गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा यही कात्तिक १८ गते र ढिलोमा मंसिर चार गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।