काठमाडौं, सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन नौं अंकले घटेर ८० करोड ३५ लाख रुपैंयाँमा सेयर कारोबार भएकोमा साताको दोस्रो कारोबार दिन आज सोमबार भने बजार परिसुचक दुई दशमलव ६१ अंकले ओरालो लागेर १८ सय ५८ दशमलव ३३ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव दुई अंकले उकालो लागेर तीन सय ६५ दशमल ६२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय १९ वटा कम्पनीहरुको १३ हजार छ सय नौं पटक सेयर खरिद बिक्री भएका छन् । जसबाट आज १६ लाख ३१ हजार तीन सय ४९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ५१ करोड ५८ लाख १८ हजार नौं सय ९० रुपैंयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये छ वटा समुहहरुले कमाएका छन् भने सात वटा उपसमुहहरुले गुमाएका छन् ।