काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौंस्थित न्यूरोड गेटमा र ललितपुरस्थित भैँसेपाटी र लुभूमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले सो क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंले पु-याउने उद्देश्यका साथ उक्त शाखाहरू सञ्चालनमा ल्याएको जानकारी दिएको छ । उक्त शाखाहरू विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्सटेन्सन काउन्टरसहित) पुगेको छ ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।