काठमाडौं । होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेञ्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप सात हजार रुपैयाँ वा दशैँ/तिहार योजना रोज्न सक्नेछन् ।
त्यसैगरी होण्डाका पहिलो दुई सय ५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् । यो योजना कात्तिक १ गतेदेखि सुरु भएको र ६ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।