काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि शुक्रबारदेखि कात्तिक १८ गतेभित्र ग्यापुको एपमा गई निःशुल्क फारम भर्न सक्नेछन् ।
सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ । उत्कृष्ट एक सय जनालाई छनोट गरी प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।
उक्त प्रतियोगितामा विजेतालाई तीन लाख ५० हजार, प्रथमलाई दुई लाख, दोस्रोलाई एक लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।