काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । तिहार र छटको एक साता लामो बिदा पछि खुलेको बजार आज सोमबार १६ दशमलव ३९ अंकले उकालो लागेर १८ सय ७४ दशमलव ८७ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज चार दशमलव ९३ अंकले उकालो लागेर तीन सय ७० दशमलव ८६ बिन्दुमा चढेको छ । आज सबै किसिमका गरी १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअन्तर्गत १७ हजार सात सय ४८ पटकको कारोबारमा २५ लाख ७४ हजार नौं सय ७५ कित्ता सेयर किनबेच भएका छन । सोही किनबेचका आधारमा यसदिन कुल सेयर कारोबार रकम ६९ करोड ७३ लाख १७ हजार छ सय ११ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्येमा बिकास बैंक उपसमुहको सुचक १३ दशमलव सात अंंकले ओरालो लागेर ३३ सय २२ दशमलव २८ बिन्दुमा झरेको छ । यि बाहेकका बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।