काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई वित्त बजार प्रमुख एवं ट्रेजरी प्रमुखमा नियुक्त गरेको छ । उनीसँग देशका विभिन्न वाणिज्य बैंकहरूको कार्यकारी पदहरूमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको जानकारी बैंकले दिएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनुअघि मिश्र सनराइज बैंकमा ग्रुप टे«जर, हेड ट्रेजरी फाईनान्सियल एन्ड ग्लोबल मार्केट्सको कोषाध्यक्ष रहेका थिए । उनले सनराइज क्यापिटलमा डाइरेक्टर पदमा पनि काम गरिरहेका छन् । फेडानको पूर्वअध्यक्ष भइसकेका मिश्र हाल एसोसिएसन फर फाइनान्सियल प्रोफेसनल मेरिल्यान्ड यूएसएका क्रियाशील सदस्य रहेको बैंकले जनाएको छ ।