काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४३ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने छ दशमलव ४३ अंकले ओरालो लागेर १९ सय ५८ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ३३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३५ हजार एक सय १२ पटकको कारोबारमा ४९ लाख ४४ हजार ७६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका कुल उपसमुहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।