काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १० दशमलव ५४ अंकले ओरालो लागेर १८ सय ८३ दशमलव १६ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ५३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १९ हजार ४५ पटकको कारोबारमा २० लाख २८ हजार तीन सय ४८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार सात सय छ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक बढेर बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।