दोहा । आइतबारदेखि कतारमा प्रारम्भ भएको फिफा वल्र्डकप समूह ‘ख’अन्तर्गत आज इंग्ल्यान्ड र इरानबीच भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । इरानलाई दुईका विरुद्ध छ गोलले पाखा लगाउँदै इंग्ल्यान्ड विजयी भएको हो ।
जुड बेलिङघम र बुकायो साकाले इंग्ल्यान्डलाई पहिलो हाफमा दुई शून्यको अग्रता दिलाएका थिए । ह्यारी केनको पासमा रहिम स्टर्लिङले अर्को गोल गरेर इरानलाई स्तब्ध पारे । दोस्रो हाफमा मार्कस रासफोर्ड, बुकायो साका र ज्याक ग्रेलिसले एक एक गोलको योगदान गरे ।
इंग्ल्यान्डका खेलाडीले आफूहरुलाई डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टी प्रहारले इरानलाई लज्जास्पद पराजयबाट जोगायोे । इरानका खेलाडी मेधी तरेमीले खेलको उत्तराद्र्धमा गरेको सफल पेनाल्टी प्रहार र अतिरिक्त समयमा गरेको अर्को गोलले इरान दुई गोलमा सीमित रह्यो ।