काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ । सभाले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको छ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको १४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै, विशेष प्रस्तावहरूअन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी मूल्यांकनकर्ताको सिफारिस गरेको सेयर स्वाप अनुपात १ः१ मा रही मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णयहरू सम्बन्धमा सम्पूर्ण प्रस्तावहरू उक्त सभाले पारित गरेको छ ।
बैंकले हाल एक सय चारवटा शाखा कार्यालयहरू, ९४ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।