काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । अपर तामाकोशी हाइड्रोपावरको १ः१ को अनुपातमा अर्थात् (एक कित्ता सेयरबराबर १ कित्ता सेयर)का दरले साबिकका सेयरधनीहरूलाई जारी गर्न लागेको प्रतिकित्ता एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १० लाख ५९ हजार कित्ता हकप्रद साधारण सेयरको हुने १० अर्ब ५९ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको जानकारी दिएको छ ।
नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि सोमबार दुर्ई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नागरिक लगानी कोषले आफू मुख्य निष्काशन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीलाई सहनिष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको जनाएको छ ।