काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ५७ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन दुई दशमलव ६२ अंकले ओरालो लागेर १८ सय ९७ दशमलव शुन्य आठ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले घटेर तीन सय ७० दशमलव १९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४६ वटा कम्पनीहरुको १६ हजार छ सय ७७ पटकको कारोबारमा २० लाख ८७ हजार आठ सय ७६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ७२ करोड ७८ लाख ७७ हजार आठ सय ९७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेर आठ वटा समुहहरुको सुचक ओरालो लागेका छन् ।