काठमाडौं । सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो ।
सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यहरुमा सिजनल सेवा पु¥याउँदै आएको छ भने नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ । हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपालमा क्रियाशील ट्राभल्स एजेन्सीहरुलाई विभिन्न विधामा सम्मानित गरेको कम्पनीले जनाएको छ ।
विभिन्न विधाअन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन् ।
त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन् । त्यस्तै हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन् । त्यसैगरी राइजिङ स्टारअन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ । (आर्थिक दैनिकबाट)