काठमाडौं । मन्जुश्री फाइनान्सले ग्राहकहरूको सुविधाको लागि अब आफू बसेकै ठाउँबाट सजिलै खाता खोल्नका लागि अनलाइन खाताको सुविधा ल्याएको छ । उच्चतम ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकहरूलाई रेमिट्यान्सलगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अब अनलाइन सेवामार्फत खाता खाल्ने सुविधा उपलब्ध गराएकोे हो । साथै ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र एक वर्ष वा सोभन्दा बढी अवधिको व्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको जानकारी पनि दिएको छ ।
स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्यूआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीएम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलब्ध उपलब्ध गराउँदै आएको छ । फाइनान्सले २०७९ मंसिर मसान्तसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रही न्यूरोड, चाबहिल, गंगबु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, इनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्जलगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रियस्तरको वित्तीय संस्था हो ।