काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरुमा परनिर्भरता बढेको छ । पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले गर्दा पनि बैंकिङ क्षेत्रमा परनिर्भरता बढेको हो । जसले गर्दा बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा अल्पकालीन अवधिको लागि एक आपसमा हुने अन्तर बैंक कारोबार रकम बढेर गएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा १२ खर्ब ६७ अर्ब २२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन । सो अनुसार वाणिज्य बैंकहरुले मात्र ११ खर्ब ४८ अर्ब २७ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ समेत गरी कुल १२ खर्ब ६७ अर्ब २२ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका हुन् ।
राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १० खर्ब ४३ अर्ब २२ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब ५८ अर्ब ४० करोड गरी कुल १२ खर्ब एक अर्ब ६२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार भएको थियो । सोहीअनुसार २०७८ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव .८१ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १० दशमलव ८८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ कात्तिकमा चार दशमलव ९६ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा आठ दशमलव ५० प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर– बैंक ब्याजदर २०७९ कात्तिकमा आठ दशमलव ५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ९६ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ कात्तिकमा सात दशमलव ८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १० दशमलव ६० प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ३२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ६५ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः पाँच दशमलव ८० प्रतिशत र नौ दशमलव एक प्रतिशत रहेका थिए ।
तरलता अभाव कम गर्न वित्तीय प्रणालीमा पठाइयो २० अर्ब रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या न्यूनीकरण गर्न २० अर्ब रुपैयाँ बजारमा पठाएको छ । राष्ट्र बैंकले बिहीबार अल्पकालीन अवधिको रिपो जारी गरेर बैंकिङ प्रणालीमा उक्त परिमाणमा रकम पठाएको हो ।
राष्ट्र बैंकका अनुसार रिपोको परिरपक्व हुने अवधि १४ दिन अर्थात् यही पुस २१ गते तोकिएको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आवेदन दिएका थिए । रिपो वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव भएको अवस्थामा वित्तीय प्र्रणालीमा लगानीयोग्य रकम पठाउने मौद्रिक उपकरण हो । राष्ट्र बैंकले जारी गर्ने यस्तो उपकरण खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिनसक्ने व्यवस्था छ ।