काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । संस्थाले चार लाख १६ हजार एक सय ४७ कित्ता सेयर निकट भविष्यमा प्रिमियम मूल्यसहित सर्वसाधारणहरूमा नयाँ निष्काशन (एफपीओ) जारी गर्नका लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी दिएको छ ।
उक्त कार्यको लागि एक कार्यक्रमका बीच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।