काठमाडौं । शुभम पावर लिमिटेडको पाँच करोड ८० लाख ५८ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ८० हजार पाँच सय ८० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य यही पुस २० गतेसम्म कायम रहनेछ । जारी पुँजी २० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको खरिदको लागि न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।