काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस ३० गते धनकुटाको भेडेटार भिलेज रिसोर्टमा आफ्नो सातौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी नौ करोड ७५ लाख रुपैयाँमध्येबाट शून्य दशमलव २१ प्रतिशतको अनुपातमा दुई लाख पाँच हजार दुई सय ६३ रुपैयाँबराबरको नगद लाभांश र चार प्रतिशत अर्थात् ३९ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक संस्थाले हाल कायम रहेको अधिकृत पुँजी १० करोड रुपैयाँलाई वृद्धि गरी २० करोड रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।