काठमाडौं । मिदास एजुकेसन प्रालि र नबिल बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै मिदास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा नबिलका ग्राहकहरूले विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।
मिदास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर नबिलका ग्राहकहरूले आठ सय रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस समझदारीपत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको नबिल बैंकले बताएको छ । मिदास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो, जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तर्क्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।