काठमाडौं । लगतार बढेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन मंगलबार ओरालो लागेको छ । अघिल्लो दिन १७ दशमलव ५६ अंकले उकालो लागेको बजार परिसुचक आज तीन दशमलव शुन्य तीन अंकले ओरालो लागेर दुई हजार ६१ दशमलव शुन्य छ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३९ अंकले ओरालो लागेर तीन सय ९४ दशमलव ६२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको ५३ हजार तीन सय १४ पटक सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा ८२ लाख २२ हजार आठ सय ३३ कित्ता सेयर कारोबार हुंदा तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ रुपैंयाँको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेर नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।