काठमाडौं । सेयरबजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन ६४ दशमलव ७८ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार १८ दशमलव नौंं अंकले उकालो लागेर २१ सय ४३ दशमलव ९३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५१ अंकले उकालो लागेर चार सय ११ दशमलव २३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय ५९ वटा कम्पनीहरुको ७१ हजार आठ सय १६ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड २५ लाख ८१ हजार नौंं सय ८२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम पाँच अर्ब चार करोड सात लाख ४० हजार नौं सय ३७ रुपैंयाँ कायम रहन सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।