काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३८ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही माघ नौ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार नौ सय ७३ रुपैयाँमध्येबाट ३८ दशमलव पाँच प्रतिशतको अनुपातमा २२ करोड ५८ लाख ६९ हजार आठ सय ६४ रुपैयाँबराबरको बोनस सेयर गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात् कार्यान्वयनमा आउनेछ ।