काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १५ दशमलव ५१ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन बुधबार भने चार दशमलव ९७ अंकले बढेर २१ सय १६ दशमलव ६५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५३ अंकले बढेर चार सय एक दशमलव १६ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीह्रुको ३६ हजार आठ सय ७९ पटकको कारोबारमा ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौं सय १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा पाँच वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् ।