काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४३ करोड ४९ लाख ६४ हजार २० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३२ करोड ३८ लाख दुई हजार नौ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार सात सय २७ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४४ करोड १८ लाख ७३ हजार तीन सय सात रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब ८२ करोड २२ लाख २८ हजार १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८४ करोड ९८ लाख ७० हजार आठ सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा २६ करोड ९६ लाख ७७ हजार छ सय ९२ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने चार दशमलव ८५ प्रतिशत रहेको छ । गत आवको सोही आवको सोही अवधिमा भने संस्थाले २९ अर्ब ३१ करोड १५ लाख ८५ हजार आठ सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेकोमा ६१ करोड ८३ लाख ६४ हजार नौ सय ५८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थामा तीन दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको थियो ।