काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार बजार खुले देखि नैं ओलारो लाग्न थालेको बजार परिसुचक अन्तिम समयसम्म आईपुग्दा ६० दशमलव ७७ अंकले ओरालो लागेर २१ सय २१ दशमलव ८६ बिन्दुमा खुम्चिएको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ९९ अंकले ओरालो लागेर चार सय चार दशमलव ४३ बिन्दुमा खुम्चिएको छ ।
आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५१ हजार दुई सय २६ पटकको कारोबारमा ८१ लाख ३९ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर बजार परिसुचक पुरै रातो भएको छ ।