काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक १६ दशमलव ४० अंकले ओरालो लागेर २१ सय पाँच दशमलव ४६ बिन्दुमा झरेकोे छ ।
यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७४ अंकले ओरालो लागेर चार सय एक दशमलव ६९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३६ हजार आठ सय ८० पटकको कारोबारमा ४६ लाख ८५ हजार आठ सय नौं कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७८ करोड ७० लाख १६ हजार तीन सय ७२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।