काठमाडौं,थारु आयोगमा अमेरिकी नागरिक शान्ति मोदीलाई सदस्य बनाईएको पाइएको छ । उनले अमेरिकी ग्रीनकार्ड लिएको र नेपाली नागरिकता पनि नत्यागेको बुझिएको छ ।

उनले नेपाली नागरिकता प्रयोग गरेर थारु आयोगको सदस्य पदको नियुक्ति लिएको बुझिएको छ । उनी मोरङ बुढीगंगा ६ तिलाखेकी पूर्व बासिन्दा हुन् ।