काठमाडौं,आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले दिएका २१३ रनको मध्यम लक्ष्य नेपालले ८ विकेट गुमाएर पुरा गर्‍यो । नेपाललाई जित दिलाउन कप्तान रोहित पौडेलले सानदार पारि खेले,लगतार विकेट गइरहेको अवस्थामा करण केसिसँग मिलेर रोहितले सानदार खेल जिताए जसमा करण केसी ३१ नटआउट र रोहित पौडेलले ९५ नटआउट रन प्रहार गरि नेपाललाई जित दिलाउन सफल रहे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रनको योगदान गरेका हुन । त्यस्तै स्कटल्याण्डका अन्य खेलाडी म्याथ्यु क्रसले ४२ रनको योगदान गरे । ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२÷२२ रन जोडे । मार्क वाट्ले ८ रन बनाए भने शफ्यान शरिफले अविजित ८ रन जोडे । क्रिस ग्रेभ्ब्सले ७ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए भने करण केसीले तीन विकेट झारे । त्यसैगरी ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट हात पारे । यस सिरिजमा नेपाल लगातार चौँथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेलमा नेपालले विजय हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटको जित हासिल गरेको थियो । यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। ओडीआई अर्थात् एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता जोगाउन नेपालका लागि विश्वकप लीग-२ क्रिकेटका शृङ्खलाहरू लागि निकै महत्त्वपूर्ण छन्। नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणीय शृङ्खलाका चार खेलमध्ये नेपालले यसअघि तीनवटै खेल जितेर महत्त्वपूर्ण ६ अङ्क बटुलिसकेको थियो। नेपालले यो महिना थप दुईवटा त्रिकोणात्मक शृङ्खलामा अरू आठवटा खेल खेल्नेछ। ती खेलमध्ये नेपालले अब कम्तीमा पाँचवटा खेल जिते ओडीआई मान्यता सुरक्षित रहन सक्छ। नेपालले सन् २०१८ मा ओडीआई राष्ट्रको मान्यता पाएको हो। यदि ओडीआई मान्यता जोगाउन नसके नेपाली क्रिकेटले आईसीसीबाट पाउने ठूलो सहयोग रकम गुमाउनुका साथै राष्ट्रिय क्रिकेट टोलीको लागि अवसरका अरू ढोकाहरू पनि बन्द हुनेछन्।