काठमाडौं,नेकपा एमाले सरकारबाट बाहिरीने तयारीमा जुटेको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धनले एमालेलाई राष्ट्रपति दिन अस्विकार गरेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिन सहमति गरेपछि एमाले सरकारबाट बाहिरीने तयारी गरेको समाचार स्रोतले बताएको छ । नेकपा एमालेको शनिबार बस्ने पदाधिकारी बैठकले सरकार बाट बाहिरीने निर्णय गर्न सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार यो कुरा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि एमाले नेतृत्वले जानकारी गराएको समेत दाबी गरेको छ ।