काठमाडौं । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नेकपा (एमाले)ले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुरमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा नेम्वाङ इलाम क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । शनिबार राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।