इनरुवा। सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट सोमबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी-५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. २ ह. ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी-५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।