काठमाडौं, चैत ६
प्रभु बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबीच महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड रतिनधारा संस्कृत पाठाशालाअगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सोको सञ्चालन तथा सहरी सौन्दर्यीकरण कामका लागि सम्मmौतापत्रमा हस्ताक्षर भएको छ
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको समुपस्थितिमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौँ महानगरपालिकाकातर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले उक्त सम्झौतापत्रमा मंगलबार एक समारोहका बीच हस्ताक्षर गरेका हुुन् । बैंकले हाल देशभभर दुुई सय आठवटा शाखा सञ्जाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ सेवा तथा एक सय ५८ एटीयम रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्य गर्न लागेको जानकारी दिएको छ ।