काठमाडौं । सेयर बजार परिसुचक पुन दुई हजार अंकमा उक्लिएको छ । यसअघि लगातार घटेकै कारण १९ सय अंकमा सिमित हुन पुगेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ५० अंकले उकालो लागेर दुई हजार दुई दशमलव ७० बिन्दुमा उक्लिन सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव २७ अंकले उकालो लागेर तीन सय ७९ दशमलव ५० बिन्दुमा पुग्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६२ वटा कम्पनीहरुको ३८ हजार एक सय ३१ पटक सेयर किनबेच भएको छ । जसबाट ४५ लाख ६६ हजार ४३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।