सिन्धुली । आइतबार विहान सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । बस दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो भने योसँगै थप एकजना गरि मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।
मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आइतबार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
चालकको अवस्था सामान्य रहेको र उनको उपचार घुर्मी अस्पतालमा भइरहेको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पतालमा लगिएको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।