काठमाडौं, चैत ९
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंकसँग भएको सम्झौताअनुसार, सुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौतामा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सुलभ हेल्थका निर्देशक साइरा श्रेष्ठले हस्ताक्षर गरेकी हुन् ।
सम्झौताअनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा सुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । सुलभ हेल्थ होमले वृद्धवृद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सम्झौता गरिसकेको छ ।