काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले १४औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत २८ गते काभ्रेको धुलिखेलमा रहेको होटल जुगुलमा आफ्नो वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार दुई सय ६० रूपैयाँमध्येबाट १९ प्रतिशतका दरले हुनआउने पाँच करोड ७६ लाख ४५ हजार नौ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजको लागि एक प्रतिशतका दरले हुनआउने ३० लाख ३३ हजार नौ सय ५३ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नै तयारी गरेको छ । यसबाहेक सोही वार्षिक साधारणसभाले नयाँ सारथी लघवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् । मर्जरको लागि दुवै संस्थाहरूबीच एकबराबर एकको स्वाप रेसियो कायम भएको छ ।